भारतसँग जोडिएका नाका बन्द गर्न सीसीएमसीको सिफारिस
  • CIA Khabar

  •  

    काठमाडौँ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

    नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै आज बसेको सीसीएमसीको बैठकले सीमा नाका बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

    बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौँथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

    पाण्डेका अनुसार निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ ।

    यस्तै देशका एक चौथाइ शहरहरुमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार १९:५९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images