वीपी स्टडी युथ सर्कलको १८ दिन देखी निःशुल्क खाना बितरण अभियान आज समापन
  • CIA Khabar

  • काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा बिगत १८ दिन देखी निःशुल्क रुपमा बिहान र साँझ खाना बितरण अभियान संचालन गरिरहेको वीपी स्टडी युथ सर्कलले आज उक्त अभियानको समापन गरेको छ ।
    यो अभियानको अगुवाइ कांग्रेसका युवा नेता भुपेन्द्र जङ शाहीले गरेका थिए भने अभियानमा ऋषि कोइराला, सुमन गिरि, सुबास कट्टेल लगायत युवा नेताहरुको सक्रियता रहेको थियो । अभियान अन्तर्गत आजसम्म बिहान र साँझ गरी ९ हजार भन्दा बढी ब्यक्तिहरुलाई निशुल्क रुपमा खाना बितरण गरिएको छ।
    आज बिहान गरिएको खाना बितरण कार्यक्रममा गायक युवराज चौलागाईको हातबाट खाना बितरण गरिएको थियो। खाना बितरण पछि बोल्दै गायक चौलागाईले भने, यस्तो संकटको बेला सहयोग गर्नु धर्म हो। यस्तो विषम परिस्थितीलाई मध्यनजर गरी सञ्चालन गरीएको सो अभियान महत्वपुर्ण रहेको चौलागाईको भनाई थियो।

    No description available.

    यस्तै साँझ समापनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमीरे,वीपी युथ सर्कलका सल्लाहाकार भुपेन्द्र जङ शाही, वीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइरला लगाएतको उपस्थिीति रहेको थियो । कार्यक्रममा बिशेष अथितीबाट अभियानमा सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई खादा सहितको सम्मानपत्र प्रदान गरिएको थियो ।
    नेता घिमीरेले अभियानलाई सम्बोधन गर्दै युवाहरुले थालेको कामले मजदुर बर्गलाई सहयोग पुगेको र आम जनतालाई अप्ठ्यारो परेको बेला युवा नै सधै अग्रपंक्तिमा आउनुपर्ने बताए ।
    यस्तै युथ सर्कलका सल्लाहाकार समेत रहेका शाहीले अभियानमा सहकार्य गर्न सबैको योग्दान स्मरण गर्दै युवाहरुको समुहले बाढी प्रभावीत मेलम्ची क्षेत्रमा पनि राहत तथा खाद्यन्न बितरण गर्न जानकारी दिएका छन ।
    कार्यक्रममा अभियानका अभियान्तहरुले कोही भोको बस्न नपरोस भन्ने उद्येश्यका साथ यो अभियान शुरु गरेको र आज यसको समापन पनि गरिएको वीपी युथ सर्कलका वागमती प्रदेशका अध्यक्ष सुमन गिरी र सुवास कट्टेलले बताए ।

  • ८ असार २०७८, मंगलवार ०९:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images