कोभिडको भयावह स्थिति लाई नियन्त्रण गर्न शिवराजमा बनाइयो सि.आइ.सि.टी. सक्रिय, जिम्मेवारी बाडफाड
  • कमल बिष्ट

  • कपिलवस्तु । पछिल्लो समय मुलुकभर कोभिड १९ को दोश्रो भेरिएन्टले आक्रान्त बनाइरहेदा कपिलवस्तु पनि अति प्रभावित क्षेत्र बन्न पुगेको छ ।

    कपिलवस्तुको शिवराज नगरपालिकामा बढ्दो जोखिम र भयावह स्थिति लाई नियन्त्रण गर्ने उद्देश्यले नगरपालिकाले केश अनुसन्धान तथा सम्पर्क पहिचान गरी संक्रमण घटाउन सि.आइ.सि.टी. लाइ थप सक्रिय बनाउदै वडा तहको जिम्मेवारी बाडफाड गरेर जिम्मेवार स्वास्थ्यकर्मी तोकेकोछ ।

     

    जस अनुसार शिवराज नगरपालिका ५ र ७ नम्बर वडामा बिष्णुबहादुर क्षेत्री, १ र २ मा लेखनाथ पौडेल, ६ र ९ मा बिरेन्द्र मिश्र, ४ र १० मा नारायणप्रसाद बन्जाडे, ३ र ११ मा राजेश कुवर र ५ र ८ मा प्रकाश पोख्रेल लगायतका स्वास्थ्यकर्मीहरु लाई ति वडा भित्रका संक्रमित सङ्ग जोडिएका जोखिमयुक्त ब्यक्ति पहिचान गर्न केश अनुसन्धान तथा सम्पर्क पहिचानको जिम्मेवारी तोकिएको हो ।

     

  • १७ बैशाख २०७८, शुक्रबार २१:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images