बैंलोरको दोश्रो हारसङै शिर्ष स्थानमा उक्ल्ने मौका गुमायो, कोहली भन्छन : ट्रफी हाम्रै हो
  • प्रकाश जोसि

  • भारत । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले दोस्रो हार व्यहोरेको छ।

    भारतमा जारी १४औं संस्करणको आईपीएल अन्तर्गत लिगको २६ औं खेलमा शुक्रबार राती पञ्जाब किंग्ससँग ३४ रनले पराजित हुँदै बैंलोरले शीर्ष स्थानमा उक्लने मौका गुमायो।

    पञ्जाबले दिएको लाई १ सय ८० रनको लक्ष्य पछ्याएको बैंलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो।

    उसका लागि कप्तान कोहलीले सर्वाधिक ३५ रन बनाउँदा रजत पाटीदार र हर्शल पटेलले समान ३१-३१ रन जोडे। अन्तिममा हर्सल पटेलले आक्रमक ब्याटिङ गर्दै १३ बलमा २ छक्का र ३ चौकासहित ३१ रन बनाएका थिए। कायले जामिसन १६ रनमा अभिजित रहे।

    पञ्जाबका लागि हारप्रित ब्रारले सर्वाधिक ३ विकेट लिए। रवि विश्वनीले २ विकेट हात पारे।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

    उसका लागि कप्तान केएल राहुलले उत्कृष्ट पारी खेले । उनले ५७ बलमा पाँच छक्का सात चौकासहित अविजित ९१ रन बनाए ।

    त्यस्तै, क्रिस गेलले पनि आज आक्रामक पारी खेले । उनले २४ बलमा ६ चौका र दुई छक्कासहित ४६ रनको योगदान दिए ।

    हरप्रीत बारले अविजित २५ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

    बलिङमा कायल जेमिसनले दुई, डानियल साम्स, युजवेन्द्र चहल र साहबाज अहमदले एक/एक विकेट लिए ।

    जारी संस्करणमा आरसीबीले ७ खेल खेल्दा पाँचमा जित र २ खेलमा मात्र हार ब्यहोरेको छ। पञ्जाबले भने समान खेलमा ३ जित र चार खेलमा हारको सामना गरेको छ।

  • १७ बैशाख २०७८, शुक्रबार २३:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images