काठमाडौं । पछिल्लो समय परिवारजनबाटै महिलामाथि खतरा रहेको तथ्य बाहिर आएको छ । इन्सेकले जेठ महिनाको घटना सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो ।
इन्सेकका अनुसार जेठ महिनामा ८० जना महिला र २४ जना पुरुष गरी १ सय ६ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएका छन । सोमवार जेठ महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले ०७८ जेठ महिनामा प्रकाशित समाचार अनुसार विभिन्न घटनामा परी १ सय ६ जना पीडित भएका र विद्यालय, स्काभेटर र गाडी तोडफोडका तीन ओटा घटना अभिलेखित भएको जनाएको हो ।
‘प्रकाशित समाचार अनुसार प्रदेश २ र लुम्बिनी प्रदेशमा सबै प्रदेशभन्दा बढी २४र२४ जना पीडित भए भने गण्डकी प्रदेशमा सबैभन्दा कम तीन जना पीडित भए । प्रदेश १ मा २१ जना, बागमती प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना पीडित भए,’ इन्सेकको विश्लेषणमा भनिएको छ ।
जेठ महिनामा परिवारजनबाट सात जना महिलाको हत्या भएको विश्लेषणमा उल्लेख छ । त्यसैगरी गोलीबाट दुई जना र झडपमा एक जना घाइते भएका जनाइएको छ । प्रकाशित समाचारमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा परी ३६ जना पीडित भएका जनाइएको छ । त्यसैगरी महिला अधिकार उल्लङ्घनका घटनामा ३२ जना पीडित भएका छन ।
इन्सेक अनलाइनमा जेठ महिनामा प्रकाशित समाचारमध्ये विभिन्न घटनामा परी १ सय ४ जना पीडित भएका छन भने विद्यालय, स्काभेटर र गाडी तोडफोड भएका तीन ओटा घटना अभिलेखित छन्। प्रकाशित समाचार अनुसार सबै प्रदेशभन्दा बढी प्रदेश २ र लुम्बिनी प्रदेशमा २४र२४ जना पीडित भए भने गण्डकी प्रदेशमा सबैभन्दा कम तीन जना पीडित भए । प्रदेश १ मा २१ जना, कर्णाली प्रदेशमा १४ जना, बागमती प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना पीडित भए । जेठ महिनामा परिवारजनबाट सात जना महिलाको हत्या भयो भने हत्याका अन्य घटनामा चार जनाको मृत्यु भयो ।
यो अवधिमा गोलीबाट दुई जना र झडपमा एक जना घाइते भए । कुटपिटबाट सात जना पीडित भए भने चार जनाको गिरफ्तारी भयो । जेठमा एक जना महिलाको अपहरण भएको तथा एक जनालाई जातीय विभेद भएका घटना प्रकाशित छन् । आठ जनालाई दुव्र्यवहारु भएका घटना पनि जेठमा प्रकाशित छन । जेठमा प्रकाशित समाचारमध्ये बाल अधिकार उल्लब्घनका घटनामा परी ३६ जना पीडित भए । बलात्कारका घटनामा २४ जना, यौन दुव्र्यवहारका घटनामा एक जना बालकसहित ११ जना र बाल विवाहको घटनामा एक जना बालिका पीडित भए । जेठ महिनामा कोभिड–१९ का कारण सबै
जिल्लाका विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ पुर्णतः प्रभावित बन्यो । महिला अधिकार उल्लब्घनका घटनामा ३२ जना पीडित भए । जसमा बलात्कारका घटनामा १६ जना, बलात्कार प्रयासका घटनामा चार जना, यौन दुव्र्यवहारका घटनामा पाँच जना, बेचबिखन प्रयासका घटनामा दुई जना, दाइजोजनित हिंसाबाट एक जना र घरेलु हिंसाका कारण चार जना महिला पीडित भएका समाचार प्रकाशित छन् ।