‘ओलिज्यु हामी साथ दिन तयार छौँ, अहंकारको धरहराबाट ओर्लनुस्’ : नेता थापा
  • CIA Khabar

  • काठमाडौँ ।  नेपाली कांग्रेसका नेता गगन थापाले कोभिड महामारी नियन्‍त्रणण र क्षति न्‍यूनिकरण  गर्न सरकारलाई साथ दिन तयार रहेको बताएका छन् । सामाजिक सञ्‍जाल फेसबुकमार्फत प्रतिक्रिया दिदैं त्‍यसका लागि सरकार जानकारहरूका कुरा सुन्‍न तयार हुनुपर्ने उनको भनाइ छ।

    ‘कठिन छ, तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ,’ उनले भनेका छन् ‘त्यसका लागि उपाय जानेकाहरूको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्।’

     

     

  • १८ बैशाख २०७८, शनिबार ०९:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images