सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका स्थित प्रदेश न.२ कै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा २०७८/०३/१० गते बिहीबार पहिलो जेटबोट संचालनमा आएको छ । पुर्ब पश्चिम राजमार्ग देखि करिव २ किलोमिटर दक्षिण तर्फ रहेको सो मानवनिर्मित भरत तालमा ३५ सिटे जेटबोट संचालनमा आएको हो ।
हिजो विहिबार बिहान १० बजे सो जेटबोटको उद्घाटन गरिएको बाग्मति ईन्टरटेनमेन्ट प्रा.लीका अध्यक्ष गौतम खड्काले जानकारी दिएका छन् । उक्त तालमा २०७८ साल बैशाख १ गतेदेखि बाग्मती ईन्टरटेनमेन्ट प्रा.लीद्धारा दुईवटा मोटरबोट संचालन गरिएको अध्यक्ष खड्काले बताए ।
मोटरबोट संचालनमा आए देखि सो ताल पर्यटकीय क्षेत्रको रुपमा चिनिँदै गएको छ । तालमा प्रदेश नम्बर २ को बिभिन्न ठाँउबाट दैनिक हजारौं पर्यटकहरु आउने गरेको बताईएको छ । बागमती नगरपालिकाका प्रमुख मेयर भरत थापा (जसलाई बिकास प्रेमी नेता भनी चिनिन्छ )।
उहाँको बिशेष पहलमा निर्माण गरिएको सो तालकोे कुल गहिराई ३५ फिट रहेको एबम ताल एक सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको हो । गर्मी महिनामा सो भरत तालमा मोटरबोट चढेर गर्मी भगाउन र मनोरन्जन लिन अति आनन्द आउने गरेको छ । विदाको दिन परिवारसहित ठूलो संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको अध्यक्ष खड्काले जानकारी दिए । यस तालमा हंसराज प्रजातिको हाँस समेत पालिएको छ । बागमती नगरपालिकाका प्रमुख मेयर भरत थापाको अनुसार यहाँ केहि समय पछि तालमा माछा पालन गर्ने अनि आएको आम्दानी जनताको लागि खर्चिने सोच रहिछ।
यस ताललाइ ब्याव्स्थित गरि बगैंचा ,पार्क अनि “picnic spot “बनाउने निर्णय रहिआएको छ। यहाँ आइ जेटबोट र मोटरबोट मा सवार भै केहि समय घुम्दा पोखरामा रहेको फेबाताल भन्दा बढी मनोरञ्जन आउने पर्यटकहरुको भनाई छ ।अझै तालको बीचमा बन्दै गरेको होटल \ प्यालेस ले एक्कासि रानिपोखरी र पोखराको फेबातालको बिचमा रहेको “ताल बराही”याद आउने पर्यटकहरुको भनाइ छ।
अझ मानवनिर्मित यस भरत ताल “tiktok user “को लागि “टिकटक”बनाउने ठाउँको रूपमा प्रख्यात भएको छ।यहाँ आउने ९०प्रतिशत पर्यटकले रमणीय बाताबरण देखेर “टिकटक “बनाएर फर्किन्छन। कलकल बग्ने बागमती नदि र छेउमा बन्दै गरेको रेलको लिकले हरेक पर्यटकको मन पगाल्ने यस तालको हाल सम को कुल लागत भनी सार्बजनिक भएको छैन।