चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु
  • CIA Khabar

  • स्याङ्जा। स्याङ्जामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।

    शुक्रबार बिहान परेको चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु भएको हो ।

    अर्जुनचौपारी गाउँपालिका २ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

    उनका अनुसार बिहान ५:३० मा घरमा सुतिरहेको अवस्थामा च्ट्याङ पर्दा मृत्यु भएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

  • ११ असार २०७८, शुक्रबार १०:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images