‘निषेधाज्ञामा पनि पेट्रोलिमय पदार्थको सहज आपूर्ति’
  • CIA Khabar

  • काठमाडौँ । कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थको खरिद तथा बिक्री वितरणमा कुनै समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    माग अनुसारको सप्लाईमा कुनै समस्या नभएको उनको भनाइ छ । निषेधाज्ञापछि पेट्रोलियम पदार्थको माग घटेको छ । प्रवक्ता उपाध्यायले भने, “यातायातका साधन र बजार ठप्प भएपछि पेट्रोलियम पदार्थको माग घट्नु स्वाभाविक हो तर कतिले घट्यो भन्ने कुरा हामी एक हप्तामा निकाल्छौँ । अहिले निषेधाज्ञामा हामीले हाम्रो सेवा स्थगित गरेका छैनौँ, पेट्रोलियम पदार्थको सहज आपूर्ति छ ।”

    उनका अनुसार निगमले भारतबाट सहज आपूर्ति गरिरहेको छ भने नेपालको आन्तरिक बजारमा पनि सहज आपूर्ति गरिरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर डिपोहरू सञ्चालन गरिरहेको छ । कर्मचारीलाई वैकल्पिक रूपमा काममा लगाइएको छ । निगमका सबै कारोवार खुला रहेको उपाध्यायले जानकारी दिए । पेट्रोलपम्प पनि खुला राखिएको निगमले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • १८ बैशाख २०७८, शनिबार ०९:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images