सामूहिक राजीनामा दिएर आन्दोलित बनेका पुनर्निर्माणमा खटिएका प्रविधिकहरू पक्राउ (फोटोफिचर)
  • CIA Khabar

  • काठमाडौँ। आफूहरुको मागका बारेमा कुनै सुनुवाइ नभएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएका छन् ।

    शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण बञ्चित गराइएको भन्दै ३२ जिल्लाका प्राविधिकहरुले सामूहिक राजीनामा दिएको जनाएका हुन् ।

    केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा बुझाउँदै उनीहरुले नाराबाजी गरेका थिए । प्लेकार्डसहित नाराबाजी गरेपछि प्राविधिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    प्राधिकरणले दिने भनिएको सुविधाहरुबाट बञ्चित गराउँदा चरणबद्ध आन्दोलन गरेको महिनौँ बितिसक्दा पनि मागहरु पूरा नहुने देखेपछि बाध्य भएर आन्दोलन गर्दै राजीनामा बुझाउनु परेको समितिले जनाएको छ ।

     

  • ११ असार २०७८, शुक्रबार १६:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images