बाणगंगा । बाणगंगा नगरपालिका वडा न.८ ले वडाभित्र रहेका युवा कृषकहरुलाई कृषि औजार तथा बाल कल्वहरुलाई खेलकुदका सामग्रि प्रदान गरेको छ । वडाले वडाकार्यलयमै एक कार्यक्रमको आयोजना गरेर समग्रि हस्तान्तरण गरेको हो । वडाले युवा कृषकहरुलाई कृषिमा अब्वल गराई आत्मनिर्भर गराउनका लागि विभिन्न कृषि समग्रि तथा कृषि औजार हरु प्रदान गरेको हो ।
त्यस्तै वडा ले बालबालिकाको विकासमा खेलले निकौ महत्वपुर्ण भुमिका खेल्ने हुनाले बाल कल्वहरुलाई खेल सामग्रिपनि प्रदान गरेको छ । वडाले कृषक हरुको लागि काउ म्याड, टनेल पलास्टिक, मलचिन पलास्टिक, ग्रिन नेट जालि, घाँस काट्ने मेसिन, पंखा तथा बिद्युतीय औषधी छर्ने मेसिन लगाएतका समग्रि उपलब्ध गराएको हो ।
त्यस्तै बालबालिकाहरुलाई भलिवल, क्रिकेट,फुटवल जस्ता विभिन्न खेलकुदका समग्रिपनि उपलब्ध गराएको वडा कार्यलयले जनाएको छ । खेल सामग्रि तथा कृषि औजार प्रदान गर्दै वडा अध्यक्ष गुणनिधि भुसालले युवा कृषकहरुको लागि उत्पादन मुलक कृषिमा लगावले लाग्न आग्रह गर्नुभयो । त्यस्तै वालबालिकाहरुलाई सभ्य र अनुशासित भएर खेलको बिकासमा निरन्तर अगाडि बढ्न सुझाव दिनुभयो ।
उहाँले वडा न.८ का युवा कृषक हरुले वडालाई मात्र नभएर सिंगो नगरपालिकालाई समेत कृषिक्षेत्रमा आत्मर्निभर बनाउनमा वडा न।८ले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उता वालबालिका हरुको लागि खेल खेलेर होस अथवा अन्य तरिका वाट आफ्नो भविष्य समुज्वल पार्नका लागि वालबालिकाहरुले शिक्षा, स्वस्थ्य, खेलकुद, लगाएतमा जोड दिनुपर्ने वडा अध्यक्ष भुसालले बताउनु भएको छ ।
युवा कृषकहरुले समग्रि ग्रहण गर्दै वडाको सहयोगले अझौ कृषि कर्म गर्ने आँट बढेको बताएका छन । खेलकुदका सामग्रि ग्रहण गर्दै वालबालिकाहरुले वडा न।८ ले समय समयमा बालविकासमा अत्यन्तै ध्यान पुर्याएकोमा खुशि व्यक्त गरेका थिए । उनिहरुले वडा अध्यक्षले दिएको सुझाव लाई सधै मनन गर्दै अगाडि बढ्ने कुरामा विश्वस्त हुन पनि वडा लाई जानकारि गराएका छन । वडा न. ८ ले ५०जना कृषक तथा ११ वाटा बालकल्व हरुलाई समग्रि प्रदान गरेको हो ।