गाउँ देखि केन्द्र सम्म युवाहरूलाई जतिसक्दो धेरै नेतृत्वमा ल्याउनु पर्छ :जन्जित पुरुष
  • जन्जित पुरुष

  • नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । कोरोना त्रास, बर्षे मौसम र निचोरिएको समय यसका चुनौती हुन् । नयाँ नेतृत्व आउन पाउने,जोस जागर र उर्जा थपिने अनि बिथलिएको मुलुक र गिथलिएको राजनितिलाइ सहि मार्गमा डोर्‍याएर वाह१वाह११ कमाउन पाउने यसको अवसर हो।

    बर्तमान अवस्थामा सङ्गठन निर्माणमा खटिरहेका नेता साथीहरूले हैसियत अनुसारको पदमा आउन चाहे निषेध गर्नै हुन्न। बरु हिजो दुख गरेर पार्टी बचाएका अग्रजहरु सल्लाहकारको भूमिकामा रहदा राम्रै हुन्छ।

    गाउँ देखि केन्द्र सम्म युवाहरूलाई जतिसक्दो धेरै नेतृत्वमा ल्याउनु पर्छ ।युवाहरूलाई ‘अझै तिमिहरुको पालो आछैन’ भनेर बिल्कुल रोक्नु हुदैन । एकपटक स्मरण गरौं नेपाली कांग्रेसको स्थापना गर्ने तात्कालिन नेताहरु सान्दाजु,किसुनजी ,गणेशमान जि ,सुवर्ण जि,सुशील दा इत्यादि हरुको उमेर कति थियो होला ४५, ४६ वर्षको उमेरमा त बी पी ले आफ्नो नेतृत्वमा आम निर्वाचन गराइ दुइतिहाइ मत सहितको प्रधानमन्त्री भैसक्नु भएको थियो ।

    त्यतिबेला १८ महिनाको समयमा गरिएका अनेकौ राम्रा कामहरु बाट खाली प्रधानमन्त्री हाइ हाइ हुने र आफ्नो नाम ओझेल पर्ने भयले नै महेन्द्रले कु गरेका हुन् । हामी त्यस्ता नेताका कार्यकर्ता हौं । तर आज ५०/५५ उमेरका नेतालाइ त्यसको त अझै पालो आएको छैन भनी अवमूल्यन गरिरहेका छौं । अब यो भूल दोहोराउनु हुन्न ।
    युवाहरूले नेतृत्व लिएका गाउटोलको अवस्था तुलनात्मक रुपमा अब्बल छन् ।यसो भनिरहदा अग्रजहरुको मान-सम्मानमा , सल्लाह सुझाव ग्रहणमा कमि आउनु हुदैन। बिचार र कर्मको आधारमा फरक फरक मत र समर्थन हुनु स्वभाविकै हो तर ब्यक्तिका पछाडी खडा हुने गुटलाइ निरुत्साहित गर्नुपर्छ ।

    निकै असहज परिस्थिति भएकाले सानातिना कुरामा धेरै टिप्पणी र चर्को बिरोध गर्नुभन्दा सकारात्मक सोचका साथ सम्झौता गर्नुपर्छ । महङ्गो र भड्किलो गराउनु हुन्न।महाधिवेशनमा भागलिने सम्पूर्ण साथीहरूले आफ्नो आतेजाते भाडा र २र४ छाक भात खाएको पैसा आफै तिर्नुपर्छ । गाडी भाडा र दुई छाक भातको पैसामा सौदाबाजी गर्न खोजे ठाउको ठाउँ मुखभरिको जवाफले हिर्काउनु पर्छ । किनकी हामी काङ्ग्रेस हौं ।

    प्रतिस्पर्धाको मैदानमा उत्रनु स्वभाविक हो । बिजयी हुने साथीहरूलाई हार्दिकताकासाथ बधाई दिनु पर्छ । भोलिपल्ट देखि हातमा हात काधमा काध मिलाएर सङ्गठन निर्माणमा सङ्गै हुनुपर्छ । एकले अर्काको अस्तित्व सुकार्नु पर्छ । अध्ययनशील हुनुपर्छ ।अर्काको कुरो गहीरो सङ्ग सुनेर मात्र आफ्नो तर्क राख्नु पर्छ । सबैले मिलेर १४ औं महाधिवेशन भब्य र सब्य रुपले सफल पार्नुपर्छ ।
    जय नेपाल !!

  • १२ असार २०७८, शनिबार ०९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images