स्याङ्जामा मानिस आक्रमण गर्ने चितुवालाई गोली हानी मारियो
  • CIA Khabar

  • स्याङजा । स्याङ्जामा मानिस आक्रमण गर्ने चितुवालाई गोली हानी मारिएको छ ।

    आइतबार विहान चितुवाले स्याङ्जा गल्याङ नगरपालिका-७ तोलातुङका ३८ वर्षीय लाल बहादुर वि.कलाई आक्रमण गरी घाइते बनाएपछि प्रहरीले गोली हानी मारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

    उनका अनुसार चितुवा खोरबाट बाहिर निस्किएर मानिसहरुतिर आएको र लाल बहादुरलाई आक्रमण गरेपछि उसलाई बचाउन प्रहरीले गोली हानी थियो । चितुवाको आक्रमणबाट घाइते भएका लाल बहादुर अस्पतालमा उपचार गरेर घर फर्किएका छन् ।

    आइतबार बिहान ७ बजे खड्क बहादुर गाहा मगर खोरमा दाना लिएर जाँदा उक्त चितुवालाई देखेर प्रहरीलाई खबर गरेका थिए ।

     

     

  • १३ असार २०७८, आईतवार १८:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images