कोरोना सङ्क्रमण फैलिएपछि पाँच स्थानमा सेना परिचालन
  • CIA Khabar

  • काठमाडौँ । कोरोनाभाइरसको सङ्क्रमण विरुद्ध सचेतना फैलाउन झापाका पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

    झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले मेचीनगर, भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगन्ज र झापा गाउँपालिकामा सेनाले गस्ती गर्न शुरु गरेको जानकारी दिनुभयो । उहाँले ती पाँच स्थानीय तह भारतसँग सीमा जोडिएका स्थानीय तह भएकाले सीमा क्षेत्र भन्दा पाँच किलो मिटर उत्तर क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सपोर्टका लागि सेना परिचालन गरिएको जानकारी दिनुभयो ।

    सशस्त्र नेपाल प्रहरीलाई थप सपोर्टका लागि सेना परिचालन गरिएको प्रजिअ तिमिल्सिनाले बताउनुभयो । सेनाको गस्ती मुख्यतः अनाधिकृत मानिस प्रवेशमा रोक लगाउने देखि कोरानाको कहरका समयमा आवश्यक सुरक्षाका लागि जनतालाई सचेतना जनाउने बताइएको छ ।

    कोरोना फैलिएकै कारण जिल्ला प्रशासन कार्यालय झापाले आइतबार राति १२ बजेदेखि लागु हुने गरी एक साताका जिल्लामा निषेधाज्ञा जारी गरिसकेको छ ।

  • १८ बैशाख २०७८, शनिबार १५:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images