थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु
  • CIA Khabar

  • धनगढी । कैलालीमा थप दुई जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

    कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १ः०० बजे मृत्यु भएको हो ।

  • १८ बैशाख २०७८, शनिबार १५:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images