आधा उडान घटाउन प्राधिकरणको निर्देशन
  • CIA Khabar

  • काठमाडौँ । आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान संख्या आधा घटाउन निर्देशन दिएको छ ।

    काठमाडौंमा निषेधाज्ञा भएपनि जारी रहेको आन्तरिक उडानलाई थप अनुशासित बनाउन भन्दै प्राधिकरणले यसअघिको उडान अनुमतिको तुलनामा आधाभन्दा बढी तालिका नबनाउन निर्देशन दिएको हो ।

    यात्रु न्यून भएको बेला कम्पनीहरुले स्वभाविक रुपमा संख्या घटाएपनि यात्रु धेरै हुँदा संख्या बढाउनसक्ने भएको भन्दै प्राधिकरणले यसअघि स्वीकृत तालिकाको पचास प्रतिशतमात्र संख्या कायम गर्न निर्देशन दिएको हो।

  • १८ बैशाख २०७८, शनिबार १५:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images