चट्याङ्ग लागेर दुई जनाको मृत्यु
  • CIA Khabar

  • जलेश्वर । वर्षासँगै परेको चट्याङ्ग लागेर मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय छन् ।

    जिल्ला प्रहरी कार्यालयक महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज बिहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृत्युभएको थियो ।

  • १४ असार २०७८, सोमबार २०:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images