सरकारले गर्यो अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने तयारी, आन्तरिक उडान पनि बन्द गर्न सिफारिस
  • CIA Khabar

  • काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । हिजो बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको हो ।

    कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दस मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको हो । ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागु नहुने भएको छ । त्यस्तै परिस्थिती भयावह भएसँगै आन्तरिक उडान पनि बन्द गर्ने प्रस्ताव भएको छ ।

    सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइएको छ । यसैगरी बैठकले भारतसँगका २२ नाका बन्द गर्न पनि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

  • १८ बैशाख २०७८, शनिबार १५:५१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images