चाक्सीबारीबाट तीन नेताको निष्कर्षः नेता कार्यकर्तामाझ प्रत्यक्ष छलफलमा जाने
  • CIA Khabar

  • नेपाली कांग्रेसका उपभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशन केन्द्रित छलफललाई थप मजवुत बनाउने भएका छन् ।

    मंगलबार चाक्सीबारीमा भएको तीन नेताबीचको छलफलले कार्यकर्तामा हौसला बढेको भन्दै नेताहरुबीचको बहसलाई थप निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको हो ।

    आफूहरुबीचको छलफलले देशभरका कार्यकर्तामाझ आकर्षण बढाएको र अन्य नेताहरुसँग पनि छलफल अघि बढाउने छलफलपछि नेता सिंहले जानकारी दिए ।

    सिंहले आगामी शुक्रबार टोखास्थित कोइराला निवासमा पार्टीका सबै केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने र त्यो भन्दा अघि १३ औं महाधिवेशनका सभापतिका उम्मेदवारसँग छलफल गर्ने तय भएको जानकारी दिए ।

    १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग निधि, कोइराला र सिंहले छलफल गर्ने भएका हुन् ।

  • १५ असार २०७८, मंगलवार १५:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images