अब नेपालमा कोरोनाविरुद्धको खोप अभाव हुँदैनः प्रधानमन्त्री
  • CIA Khabar

  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नहुने दावी गरेका छन् ।

    आज प्रधानमन्त्री निबास बालुवाटारमा त्रिशुली–प्रसारण लाइन र सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा केही दिनभित्रै प्रयाप्त कोरोनाविरुद्धको खोप आउने बताए ।

    खोप आउने बितिकै मुलुकका सवै स्थानमा समूह बनाएर खोप अभियान सञ्चालन गर्ने उनले बताए ।

    यसअघि खोप ल्याउन समस्या भए पनि अहिले विभिन्न राष्ट्रसँगको पहलमा खोप आउन लागेको उनले बताए ।

    प्रधानमन्त्री ओलीले सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने र खोप पाइएन भन्ने स्थिति नहुने स्पष्ट पारे ।
    सडक सञ्जाल, हवाइ मैदान निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने लगाएत विकास निर्माणमा सरकारले उपलव्धिमुलक काम गरेको उनले बताए ।

  • १९ असार २०७८, शनिबार १५:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images