महामारी बढेपनि प्रशासनले बजार बन्द गर्ने चासो नदिएपछि व्यापारीलहरुले गरे बजार बन्द
  • CIA Khabar

  • चन्द्रौटा । कोरोना महामारी बढेपनि प्रशासनले बजार बन्द गर्ने चासो नदिएपछि व्यापारीलहरुले तीन दिन बजार बन्द गर्ने निर्णय गरेका छन् । चन्द्रौटा उद्योग वाणिज्य संघ र व्यापार संघ कपिलवस्तुले कोरोना महामारी नियन्त्रणको लागि बजार बन्द गर्न आवहान गरेका छन् । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल र  चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जम्सेर अलिको हस्ताक्षरमा सनिवार एक विज्ञाप्ती जारी गर्दै बजार बन्द गर्ने निर्णय गरेका हुन् । बजार बन्द भएपनि औषधि पसल,तरकारी पसल,दुध डेरी लगाएतका अति आवश्यक सामाग्रीहरु खरिद विक्रि गर्न भने पाइने व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो ।

    कोराना महामारी भएपनि बजारमा भिडभाड कायमै रहेकोले उद्योगी व्यावसायिहरुको हक हितको लागि बजार बन्द गर्ने निर्णय गरिएको पोख्ररेलले बताउनुुभयो ।सीमा क्षेत्रको नजिक रहेको शिवराज नगरपालिका भित्र रहेर व्यापार व्यावसाय गरिरहेका व्यापारीहरु र ग्राहकहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि बजार बन्द गर्ने निर्णय गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष जम्सेर मियाँले बताउनुभयो ।

    यस विषय परिस्थितीमा ज्यान जोगाउनपुर्ने भएकोले सबै नागरिकहरु सचेत भएर स्वास्थ्य मापदण्ड पालना गर्न पनि उहाँले अनुरोध गर्नुभयो । अहिले कपिलवस्तुमा कोरोना महामारी अत्याधिक छ । संक्रिय संक्रमितको सख्या ५ सय नपुगेको भन्दै प्रशासनले लकडाउन गर्न सकिरहेको छैन् ।

  • १८ बैशाख २०७८, शनिबार १७:१३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images