कोरोनाबाट मृत्यु हुनेको शव जलाउने ठाउँको व्यवस्थापन गर्न काठमाडौं प्रशासनको निर्देशन
  • CIA Khabar

  • काठमाडौं । कोभिड-१९ संक्रमणको स्थिती भयावह बन्दै गैरहेको अवस्थालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृतकको शव र जलाउने स्थानको व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

    काठमाडौंमा अक्सिजनसहितको कम्तीमा १००० बेडको आइसोलेसन संचालन गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि प्रशासनले गरेको छ ।

    साथै, गम्भिर बिरामीहरुको लागि अस्पतालमा बेड व्यवस्थापनका लागि अस्पतालहरुलाई निर्देशन जारी गर्न अनुरोध गर्ने निर्णय पनि प्रशासनको छ ।

    निषेधाज्ञाहरुको प्रभावकारीरुपमा कार्यान्वयनका लागि संयुक्तरुपमा अनुगमन गरी अत्यावश्यक बाहेकका सेवाको हकमा अझ कडाइ गर्ने निर्णय पनि प्रशासनले गरेको छ ।

    अन्तर्राष्ट्रिय हवाइ उडानबाट नेपाल आउने यात्रुहरुलाई कम्तीमा १० दिन क्वारेन्टिन र होल्डिङ सेन्टरमा राख्ने व्यवस्था पनि गर्ने निर्णय प्रशासनले गरेको छ । काठमाडौं जिल्ला प्रशासनको यसैसाता बसेको बैठकले उक्त निर्णय गरेको हो ।

  • १८ बैशाख २०७८, शनिबार १७:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images