म्याग्दीमा बाढीले सुतिरहेका मान्छे बगायो, एकको शव भेटियो, एकजना बेपत्ता
  • CIA Khabar

  • म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिका(६, रातोढुङ्गामा बाढीले घर बगाउँदा आज बिहान एक जनाको मृत्यु भएको छ । बाढीले बगाएका अर्का एक जनाको अवस्था अज्ञात छ ।

    मङ्गला गाउँपालिका-५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा वडा नम्बर ६ का खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका-६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।

    उनका अनुसार बजिनको शव भेटिएको र बिना बेपत्ता भएकी हुन् । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी बेपत्ताको खोजी र जोखिममा रहेका घरको व्यवस्थापनमा खटिएका छन् । खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकामा पनि एउटा घरमा क्षति गरेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२र११ केभी क्षमताको सबस्टेसन र सयौँ रोपनी खेतीयोग्य जमीन जोखिममा परेको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण सङ्कलन, बेपत्ताको खोजी र जोखिममा परेका घरधुरी व्यवस्थापनमा जुटेको बताए ।

  • २३ असार २०७८, बुधबार ०७:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images