प्रहरीको मिलेमतोमा लकडाउनमा पनि खोला उत्खनन्
  • CIA Khabar

  • दाङ । प्रहरीको मिलेमतोमा दाङमा लकडाउनमा पनि नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ ।

    लुम्बिनीरजलजला कन्ट्रक्सनले लकडाउनको अवज्ञा गर्दै भमके खोला र पातुखोला दोभानमा नदीजन्य पदार्थको दोहन गरेको हो । दंगिशरण गाउँपालिकाले वैशाख १२ गतेदेखि लागू हुनेगरी २ हजार घनमिटर ग्राभेल उत्खनन् गर्न अनुमति दिएको थियो ।

    १७ गतेदेखि लकडाउन भएपछि गाउँपालिकाले उत्खनन् रोक्न निर्माण कम्पनीलाई भनेको थियोे । तर,निर्माण कम्पनीले प्रहरीको संरक्षणमा लकडाउन उलंघनगरी धमाधम ग्राभेल ओसारपसार गरिरहेको छ ।

    गाउँपालिका प्रमुख भागिराम चौधरीले लकडाउनमा काम रोक्न भनेको नेपाल प्रेसलाई बताए । लकडाउन उलंघनगरि ग्राभेल उत्खनन् भइरहेको बारेमा प्रहरी बेखबर भने छैन ।

    इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले सिडोओ कार्यालयबाट निर्देशन नआएकाले लकडाउन उलंघन गर्नेलाई कारबाही गर्न नसकिएको बताए । दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले लकडाउनमा खोला उत्खनन् गर्न नपाइने बताए ।

    प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले लकडाउनमा खोला उत्खनन् नपाइने भन्दै तत्काल रोक्न निर्देशन दिने बताए ।

    प्रहरी र प्रशासनका अधिकारीले लकडाउनमा खोला उत्खनन् रोक्ने बताए पनि पातु र भमके खोला दोभानमा काम धमाधम भइरहेको छ ।

    जिप्रकाबाट खटिएका सादा पोशाकका प्रहरीले दिनभरि उत्खनन् स्थलमा ड्युटी गर्ने गरेका छन् । जसकाकारण लकडाउन उलंघनगरी उत्खनन् गर्नेहरूको मनोबल बढेको छ ।

     

  • १८ बैशाख २०७८, शनिबार १७:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images