सभापति देउवाद्वारा पूर्वसांसद पौडेलको निधनप्रति दुःख व्यक्त
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्रा विदुर पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । पौडेलको आज बिहान काठमाडौँको पशुपतिमा निधन भएको हो ।

    सभापति देउवाले शोक सन्देशमार्फत उनको निधनको खबरले दुःख लागेको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    पौडेल कांग्रेसका पूर्वमहासमिति सदस्य, पूर्वीय दर्शन र साहित्यका धरोहर एवं प्रजातान्त्रिक समाजवादका व्याख्यातासमेत थिए । विसं २००१ मा जन्मिएका पौडेलले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएका सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गर्दै सभापति देउवाले उनको निधनले कांग्रेस र मुलुकले एक असल नेता र बौद्धिक व्यक्तित्वलाई गुमाएको बताए ।

    यसैगरी कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले पनि शोक सन्देशमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।

  • १८ बैशाख २०७८, शनिबार १८:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images