नेपालसँगको उडानमा हङकङले लगायो प्रतिबन्ध
  • CIA Khabar

  • काठमाडौँ । हङकङले नेपालसँगको उडानमा प्रतिबन्ध लगाएको छ। हङकङमा कोरोना त्रास कम भए पनि सरकारले कोरोना प्रतिरोधात्मक नियमलाई निरन्तरता दिएको छ ।

    अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै प्रतिबन्धको नियमलाई कडाइ गरिएको हो।

    कोरोना संक्रमणको उच्च जोखिममा रहेका भारत, पाकिस्तान, फिलिपिन्सलगायत देशबाट हङकङ आउने उडानलाई यसअघि नै प्रतिबन्ध गरिएको छ।

    नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र भएसँगै हङकङ सरकारले सतर्कता अपनाएको हो।

    यसअघि नेपालबाट हङकङ आउने यात्रु ४८ घण्टे पीसीआर जाँचको प्रमाणपत्र बोकेर हङकङ आउँथे। हङकङमा पुनः परीक्षणपश्चात् २१ दिन अनिवार्य क्वारेन्टाइन बस्ने प्रावधान थियो।

    हरेक उडानमा पाँचजनाभन्दा बढीमा कोरोना संक्रमण देखिए उडान प्रतिबन्ध हुने भनिएको छ।

  • १८ बैशाख २०७८, शनिबार १८:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images