कपिलवस्तु अस्पतालले २२ बेडको कोरोना अस्थायी अस्पताल संचालन गर्दै
  • किरणमान बज्राचार्य

  • कपिलवस्तु । कपिलवसतु अस्पतालको मातहतमा रहने गरी तौलिहवा स्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयमा संचालनमा ल्याउन लागिएको कोरोना अस्थायी अस्पतालको तयारी तीब्र पारिएको छ । कोरोना अस्पताल संचालनकालागि कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बिशेष पहल गरेका हुन । अस्पतालमा २२ जना बिरामी राख्ने बेड, अक्सिजनका सिलिन्डर लगायतका अन्य आवश्यक सामाग्रीहरु धमाधम ल्याइएका छन ।

    No description available.

    सो स्थानमा एक महिना अघि नै पिसिआर मेशीन जडान गरी परिक्षण सूरु भई सकेको छ । कोरोना अस्पताल संचालन र ब्यवस्थापनकालागि लुम्बिनी प्रदेश सरकारले २५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको अस्पतालका मेशु किशोर बन्जाडेले बताए । ६ महिना अघि पिसिआर मेशीन संचालन र ब्यवस्थापनकालागि पालिकाका प्रमुखले ६÷६ लाख दिने लिखित प्रतिबद्धता गरे पनि कपिलवसतु नगरपालिका बाहेक अहिले सम्म कसैले नदिएको मुेसु बन्जाडेले बताए ।

    मेयर सिंहले कोरानाका कारण बिरामीहरु उपचारबाट बंचित भएको बेला आफुले कोरोना अस्पाल संचालनकालागि अघि बढन मेसु बन्जाडेलाई निर्देशन दिएको बताए । उनले यो अस्पताल संचालनमा आए पछि कोरोनाका बिरामीको उपचारमा केही भए पनि सहजता आउने बताए । रकम अभाव भएका बेला प्रदेश सरकारले २५ लाख रकम बिनियोजन गरी पठाउने निर्णय गरे पछि आफुहरु उत्साही भएको मेसु बन्जाडेले बताए । अस्पतालमा केही दिन मै कोरोनाका बिरामीहरुलाइृ राखेर उपचार सूू्ररु गर्ने उनले बताए ।

  • १८ बैशाख २०७८, शनिबार २१:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images