गोरखा । गोरखा पालुङटारका लोकप्रिय तथा बहुचर्चित गजलकार प्रदिप रोदनले श्रमिक दिवस विशेष गजल सार्वजनिक गरेका छन् । गजल मार्फत विभिन्न क्षेत्र तथा बिषयवस्तुमा गरिव निमुखाको आवाज समेट्ने गजलकार रोदनले आज मे १ श्रमिक दिवसको अवसरमा श्रमिक दिवस विशेष गजल फेसबुकमा सार्वजनिक गरेका हुन् ।
उनका हरेक गजलहरु श्रोता दर्शक तथा पाठकहरुले निकै रुचाएको पाईन्छ । उनले देशका विभिन्न स्थानमा हुने साहित्यीक महेफिल कार्यक्रम तताउने गरेका छन्। उनको सामाजिक सञ्जालमा फ्यान फर्लोअर्स पनि धेरै छन्।
गजलकार रोदन पछिल्लो समय निकै नै रुचाइएका श्रष्टा हुन् । उनका गजलहरु फेसबुक, युटुब र टिकटक लगायका सामाजिक सञ्जाल मार्फत सुन्न, हेर्न र पढ्न सकिन्छ ।
उनै लोकप्रिय गजलकार प्रदिप रोदनले आज श्रमिक दिवसमा श्रमिकको भाव समेटेर लेखेको समावेश गरेका छौं । जुन गजल यस्तो छ
मुख गला सुक्छ नाडी गल्छ मालिक।
मजदुर ढले यो दुनियाँ ढल्छ मालिक।
तपाईंको सभामा छल पो चल्दोरहेछ।
हाम्रो चौतारोमा त हावा चल्छ मालिक।
कोदाली,ठेला,फोरा त हामी सङ्ग छ,
कसको भकारीमा फसल छ मालिकरु
हाम्रो अगेनो पनि जल्नदिनुस् बेलाबेला,
नत्र हजुरको साम्राज्य जल्छ मालिक।
हजुरको कुर्सीमा चलिरहेको यो पंखा,
भन्नुस् न कसको रगतले चल्छ मालिक।