प्रदिप रोदनको श्रमिक दिवस विशेष गजल : मजदुर ढले यो दुनियाँ ढल्छ मालिक
  • प्रदीप रोदन

  • गोरखा । गोरखा पालुङटारका लोकप्रिय तथा बहुचर्चित गजलकार प्रदिप रोदनले श्रमिक दिवस विशेष गजल सार्वजनिक गरेका छन् । गजल मार्फत विभिन्न क्षेत्र तथा बिषयवस्तुमा गरिव निमुखाको आवाज समेट्ने गजलकार रोदनले आज मे १ श्रमिक दिवसको अवसरमा श्रमिक दिवस विशेष गजल फेसबुकमा सार्वजनिक गरेका हुन् ।

    उनका हरेक गजलहरु श्रोता दर्शक तथा पाठकहरुले निकै रुचाएको पाईन्छ । उनले देशका विभिन्न स्थानमा हुने साहित्यीक महेफिल कार्यक्रम तताउने गरेका छन्। उनको सामाजिक सञ्जालमा फ्यान फर्लोअर्स पनि धेरै छन्।

    गजलकार रोदन पछिल्लो समय निकै नै रुचाइएका श्रष्टा हुन् । उनका गजलहरु फेसबुक, युटुब र टिकटक लगायका सामाजिक सञ्जाल मार्फत सुन्न, हेर्न र पढ्न सकिन्छ ।

    उनै लोकप्रिय गजलकार प्रदिप रोदनले आज श्रमिक दिवसमा श्रमिकको भाव समेटेर लेखेको  समावेश गरेका छौं । जुन गजल यस्तो छ

    मुख गला सुक्छ नाडी गल्छ मालिक।
    मजदुर ढले यो दुनियाँ ढल्छ मालिक।

    तपाईंको सभामा छल पो चल्दोरहेछ।
    हाम्रो चौतारोमा त हावा चल्छ मालिक।

    कोदाली,ठेला,फोरा त हामी सङ्ग छ,
    कसको भकारीमा फसल छ मालिकरु

    हाम्रो अगेनो पनि जल्नदिनुस् बेलाबेला,
    नत्र हजुरको साम्राज्य जल्छ मालिक।

    हजुरको कुर्सीमा चलिरहेको यो पंखा,
    भन्नुस् न कसको रगतले चल्छ मालिक।

     

  • १८ बैशाख २०७८, शनिबार २१:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images