पार्किङमा राखिएको कारभित्र तीनवटा शव फेला
  • CIA Khabar

  • दाङ । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीनवटा शव फेला परेको छ ।

    प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शव फेला परेको हो ।

    घटानाको प्रकृति नियाल्दा गम्भीर प्रकृतिको देखिएको हुँदा अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिंहले उक्त गाडी स्याउली बजारमा गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।

    शनिबार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि गन्ध आएको हुँदा कारभित्र हेर्दा ती शवहरु देखेको प्रहरीले जनाएको छ ।

  • १९ बैशाख २०७८, आईतवार ०८:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images