फास्ट–ट्र्याक पूर्वनिर्धारित समयमा सम्पन्न हुने
  • CIA Khabar

  • काठमाडौँ । तराईरमधेस द्रुतमार्ग ९फास्ट–ट्र्याक० आयोजना निर्माणकार्य पूर्वनिर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

    ९फास्ट–ट्र्याक० परियोजना निर्माण बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा प्रश्न उठ्नुका साथै सार्वजनिक लेखा समितिले दुईवटा टनेल समेटिएको एउटा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । सो निर्देशनपछि केही अल्मलिएको सेनाले काममा तीव्रता दिने जनाएको हो । त्यस्तै सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति र विकास तथा प्रविधि समितिका सदस्य सांसदहरूले पनि यही महिनाको पहिलो साता फास्ट–ट्र्याक’ को स्थलगत अवलोकन गरी निर्माणकार्यमा ढिलासुस्ती नगर्न सुझाव दिएका छन् ।

    आर्थिक वर्ष २०७४र७५ बाट सुरु भएको फास्ट–ट्र्याकको निर्माण कार्य आर्थिक वर्ष २०८०र८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सेनाको कामबाट सन्तुष्ट सांसदहरूले निर्माण कार्य नरोक्न र प्रक्रिया अविलम्ब थाल्न सुझाएसँगै निर्माणको थप प्रक्रिया अगाडि बढाइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • १९ बैशाख २०७८, आईतवार ०८:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images