नव नियुक्त प्रधानमन्त्री देउवालाई भीम उपाध्यायका सुझावहरु
  • CIA Khabar

  • काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि नेपाल सरकारका पुर्वसचिव भिम उपाध्यायले सामाजिक संजाल मार्फत केहि सुझाव दिनुभएको छ । उहाँले विगतका प्रधानमन्त्रीलाई पनि आफूले सुझाव दिएको भन्दै प्रधानमन्त्री देउवालाई दुईवटा सुझाव दिनुभएको छ ।

    उहाँले लेख्नुभएको छ, ‘निवर्तमान प्रम ओलीलाई मात्र थिएन, नवनियुक्त देउबा, प्रचण्ड र बाबुरामलाई मेरो यही सुझाव छ । ओली सरकारलाई मैले धेरै पटक लोकप्रिय बन्न स–साना तर ब्रोड ईम्पयाक्ट (व्यापक प्रभाव) पार्ने कामहरू गर्न सल्लाह दिदै आएको थिएँ । उनका सल्लाहकार नै सबै भन्दा ठूलो समस्या सिर्जना गर्ने पात्रहरू थिए । तिनकै कारण ओलीलाई जनताले घृणा गर्न सुरू गरेका हुन् । यसबारेमा मैले ४÷५ वटा लेख लेखेर सुझाव दिएको पनि थिएँ । मेरो दुईवटा सुझाव थियोः

    १. सोसल मिडियालाई लोकतन्त्रको माध्यमको रूपमा कदर गर्न यसमा लेखिएका आधारमा कसैलाई हिरासतमा राख्नबाट रोक्नुस्, सोसल मिडिया लेखनलाई फौजदारी कसुरबाट हटाउनुस् । सोसल मिडिया करोडौँ युवावर्गको ढुकढुटी हो, यसमा सरकारबाट आतंकित नपार्नुस् । यसलाई युरोप अमेरिका जस्तो डिक्रिमनलाईज (कानुनि रुप दिनु) गर्नुस् । देवानी फौजदारी कसुरसम्म सीमित गरे हुन्छ बढीमा ।

    २. गाँजा खेति र व्यवसायलाई तुरून्त वैध गर्नुस्, डिक्रिमिनलाईज गर्नुस् किनभने यो क्षेत्र लाखौँ लाख युवाको प्रिय गरिबमूखि, युवामेत्री, करोडौँ जनाका लागि रोजगारमैत्री, कृषिमूखी र समृद्धिको सशक्त माध्यम हो ।

    यी दुबै काम गर्न सम्बन्धित ऐनको जम्मा एउटा उपदफा हटाए पुग्छ । अहिलै पनि नयाँ प्रम देउबा सरकारलाई पनि मेरो उही माथिको सुझाव छ । उहाँलाई त पोहोर साल हामीले निवासमा भेटेर पनि भनिसकेका छौँ । सत्ता साझेदार प्रचण्ड र डा बाबुरामलाई पनि मेरो यही सुझाव छ । तपाईहरूका कोही थुतुनै सल्लाहकार छन् भने तिनका मुखमा टेप टासिदिनुहोला ।

    तपाईहरूको निजी कुरा हैन, तपाईका हरेक कामको नतिजा हामी जनताले उपभोग गर्नु वा भोग्नु सहनु पर्छ । जनताले धेरै दुख पाईरहेका छन् । विकास भएन भन्ने गुनसो हैन, सरकारका निकायहरूसंग सामान्य काम लिन पनि आतंकित हुन परेको छ । जहाँ गयो जताततै पैसा धुत्छन् । विना घूस कर तिर्न महसूल तिर्न पनि संभव छैन । त्यस्ता बदमास कसैमाथि पनि रहम नगर्नुहोला ।’

  • २९ असार २०७८, मंगलवार २२:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images