आज देशभर मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा हुने पूर्वानुमान
  • CIA Khabar

  • काठमाडौँ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशभर मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भेगमा आज वर्षा भएको छ ।

    आज दिउँसो पनि पहाडी भू-भागका केही स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो क्रम मंगलबारसम्म कायम रहने महाशाखाले जनाएको छ ।

    यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

    बैशाख १९ गते (आइतबार)

    दिउँसोस् देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वाग्मती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित वर्षाको सम्भावना छ।

    राति स् देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

    बैशाख २० गते (सोमबार)

    दिउँसोस् देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

    राति स् देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित वर्षाको सम्भावना छ।

    बैशाख २१ गते (मंगलबार)

    दिउँसोस् देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित वर्षाको सम्भावना छ ।

    राति स् देशभर आंशिक देखि सामान्य बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायतका अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का वर्षाको सम्भावना छ। वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा मध्यम वर्षाको समेत सम्भावना छ ।

  • १९ बैशाख २०७८, आईतवार ०८:४९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images