रुपन्देहीमा सक्रिय संक्रमित ३ हजार नाघे, शनिबार ९ जनाको मृत्यु
  • CIA Khabar

  • रुपन्देही । रुपन्देहीमा शनिबार २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ ।

    जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ सय पुगेको छ । स्वस्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शनिबार २४ घण्टामा रुपन्देहीमा ४ सय ३२ जना संक्रमित थपिएका छन् । जसमध्ये सबै भन्दा बढी बुटवल उप-महानगरपालिकामा २ सय ५ जना संक्रमित थपिएका हुन् ।

    सिद्धार्थनगर नगरपालिकामा ६५, तिलोत्तमा नगरपालिकामा ७२ , देवदह नगरपालिकामा २३ जना संक्रमित थपिएका छन् ।

    तथ्यांक अनुसार संक्रमितहरु मध्ये २५ प्रतिशत सक्रिय संक्रमित रहेका छन् भने ७३ प्रतिशत निको भएर घर फर्किसकेका छन् । संक्रमितमध्ये २ प्रतिशतको मात्र मृत्यु भएको छ ।

  • १९ बैशाख २०७८, आईतवार ०९:२३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images