कैलालीमा वैशाख ३० सम्म लम्ब्याइयो निषेधाज्ञा, एउटा बैंकको एउटा शाखामात्र खोल्न पाइने
  • CIA Khabar

  • कैलाली । कैलालीमा आगामी वैशाख ३० गतेसम्म निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले शनिवार आगामी वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

    यसअघि कैलालीमा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा गरिएका थियो ।

    जिल्लामा संक्रमणदर बढ्दै गएपछि वैशाख ३० गते सम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । उनका अनुसार संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका भने यो निर्णय लागू हुने छैन ।

    वैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९ बजेदेखि साढे ११ बजेसम्म एउटा बैंकको एउटा शाखामात्र खुला गर्ने निर्णय भएको प्रजिअ रिजालले बताए ।

  • १९ बैशाख २०७८, आईतवार ०९:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images