आइसोलेसन तयार पार्दै ग्यास किन्दै स्थानीय सरकार
  • CIA Khabar


  •    पाल्पा
        कोरोना नियन्त्रणमा गतबर्ष जिल्लामा नमुना काम गर्दै आएको रामपुर नगरपालिकाले  आइसोलेसन र ग्यासको प्रबन्ध मिलाउने भएको छ ।  
           देशभर कोरोना जोखिम बढ्दै जादा स्थानिय सरकार कोरोना नियन्त्रणमा सक्रिय बन्दै रामपुर नगरपालिकाले रामपुर अस्पतालमा तत्कालका लागि ३५ शैयाको बेड तयार गर्ने भएको छ । प्रदेश सरकारको मातहतमा रहेको अस्पताल संगको समन्वयमा सुरुवातमा ३५ बेड कोरोना अस्पतालको रुपमा व्यबस्था गर्न लागेको हो ।
                 रामपुर नगरपालिकाको नियमित कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले ५० थान अक्सिजनको सिलिण्डर किन्ने निर्णय गरेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । साढे २ महिना अघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भइ रामपुर नगरपालिकामा नागिला आउनुभएपछि नियमित हरेक शुक्रवार कार्यपालिका बैठक बसेर नगरपालिकाको आबश्यकताको बिषयमा बहस, समिक्षा तथा नया योजनाका बुदामा छलफल गर्ने गरिएको छ । साथै आबश्यकता परेको बेला जुनसुकै समयमा पनि कार्यपालिका बैठक बस्ने भएपनी नियमित बैठकले नियमित बिषयबस्तु तथा नगरका दैनिक कार्य, आइपरेका समस्या तथा अफ्ठेरोमा छलफल र केन्द्र, प्रदेश र नगरको सुचना आदानप्रदान गर्न सहज भएको कार्यपालिका सदस्यहरुको भनाई छ ।

  • १९ बैशाख २०७८, आईतवार २३:५९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images