बाणगंगामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने
  • CIA Khabar

  • कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य सघंले भोलीबाट एक हप्ताका लागी सबै पसलहरु बन्द गर्ने निर्णय गरेको   छ ।सघंको आज बसेको आकस्मिक सचिवालय समितिको बैठकले बाणगंगा नगरपालिका भित्रका सबै ब्यवसायीक   पसलहरु एक हप्तासम्म बन्द गर्ने निर्णय गरेको सघंका महासचिव मनोज पौडेलले बताउनुभयो ।

    कोरोना महामारी भयावह अवस्थामा पुगेको भन्दै आफना पसलहरु बन्द गरी स्वास्थ्य मापदण्ड अपनाएर घरमै   सुरक्षित बस्न सघंले आग्रह गरेको छ ।

    साथै बैठकले कोरोनाको महामारीको चपेटामा तथा संक्रमितको समस्या समाधानमा सहजीकरण गर्न सघंका अध्यक्ष   डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्ष छविरेश्मी मगर र महासचिव मनोज पौडेलको समन्वयमा रहन ब्यवसायीहरुलाई   आग्रह गरेको छ ।

     

  • १९ बैशाख २०७८, आईतवार ११:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images