सही नेतृत्व छनोटको परिणाम : ६ महिनामै यसरी बदलिदै छ बायुसेवा निगमको पहिचान

बिगतमा कार्यालय समयका कर्मचारी भेट गर्ने हम्मे पर्ने निगममा आजकल बिहान १० बज्नुभन्दा अगावै सवै कर्मचारी आफ्नो कुसीमा पुगिसक्छन । बेलुकी पनि कार्यालय समय भन्दा एक मिनेट छिटो जान डराउँछन । यस्को एउटै कारण हो, हाकिमदेखि कर्मचारीसम्मका लागि लागू गरिएको एउटै नियम

  • CIA Khabar

  • काठमाडौं । नेतृत्व तहमा रहने एउटा मान्छे मात्रै इमान्दार बन्यो भने कुनै पनि संस्थाको प्रगतिमा कति फरक पार्छ भन्ने प्रश्नको जवाफ खोज्न नेपाल बायूसेवा निगमलाई नियाल्दा पुग्छ । बिगतको इतिहासका कारण सधैभरी काम नलाग्ने सरकारी संस्था भन्दै मुख बंग्याउनेहरु पनि पछिल्लो समय निगमको कार्यालय पुग्दा आफ्नो धारणा परिवर्तन गर्न बाध्य हुन्छन ।

    अर्थात बिगतमा एक पटक पुगिसकेका जोकोही अहिले न्यूरोडस्थित नेपाल बायू सेवा निगम (नेवानि) को कार्यालयमा जाने जोकोहीले परिवर्तनको अनुभुति गर्छन । बिगतमा कार्यालय समयका कर्मचारी भेट गर्ने हम्मे पर्ने निगममा आजकल बिहान १० बज्नुभन्दा अगावै सवै कर्मचारी आफ्नो कुसीमा पुगिसक्छन । बेलुकी पनि कार्यालय समय भन्दा एक मिनेट छिटो जान डराउँछन । यस्को एउटै कारण हो, हाकिमदेखि कर्मचारीसम्मका लागि लागू गरिएको एउटै नियम ।

    ‘कार्यालय समयभन्दा एक मिनेट अगाडि नै सवै कर्मचारी आइपुग्छौं, खाजा खान तोकिएको समय भन्दा बाहेक सवै कर्मचारी आफ्नो काममै हुन्छन,’ निगमको प्रशासन बिभागमा कार्यरत कर्मचारी भन्छन । कर्मचारीकै शब्दमा भन्दा यी सवै सुधारका काम गत कात्तिक २ गते निगममा महाप्रबन्धकका रुपमा काम थाल्नुभएका डिमप्रकाश पौडेलको कार्ययोजना र इमान्दारपुर्ण प्रयाशको परिणाम हो । महाप्रबन्धकका रुपमा काम सम्हालेलगत्तै पौडेलले अघि बढाउनु भएको कर्मचारी/मानव संशाधनको संस्थगत एवं कार्यगत आचरणमा सुधारका लागि अनुशासनका आधारभुत नियमहरु पालना गराउने नीतिको परिणाम हो कार्यालय र कर्मचारीमा देखिएको परिवर्तन ।

    यस अवधीमा कर्मचारीको काम गर्ने शैली र ब्यवहारमा मात्रै फरक आएको छैन । बिगत निगमको स्थापनाकालदेखि अहिलेसम्म हुन नसकेका काम पनि भएका छन । पौडेलले यति छोटो समयमै ३६ करोड भन्दा बढी मुल्य पर्ने छुटाई/लुकाइ राखेको बिमानको पार्टपुर्जा पत्ता लगाई लिलाम गर्दै हुनुहुन्छ । महाप्रवन्धक पौडेलले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार पार्टपुर्जा खोज्दै जाँदा स्पेनमा समेत भेटिएको छ । ‘लामो समयदेखि लुकाइ राखेको पार्टपुर्जा हामीले पत्ता लगाई लिलामीमा राखेका छौं,’ जनताटाइम्ससँग महाप्रबन्धक पौडेलले भन्नुभयो ।

    महाप्रबन्धक पौडेलले निगमको घाटा कम गर्दै नाफामा लैजान बनाएको योजनाको परिणाम हो, लुकाइएका पार्टपुर्जा फेला परेको प्रमाण । यति मात्रै होइन पौडेलले निगममा ६२ बर्षमा पहिलो पटक एअरक्राफ्ट पर्फर्मेन्स मोनिटरिङको सुरुवात गर्नुभएको छ । जुन काम निगमको प्रगतिका लागि अनिवार्य थियो । यस्तै आफ्नो पाइदाको लागि सामान हुँदाहुँदै जथाभावी खरिद गर्ने प्रक्रियाको अन्त्य गरी पौडेलले नयाँ प्रणालीको बिकाश गर्नुभएको छ । ‘एनएसी ओभरअल स्टोर मोनिटरिङ एण्ड म्यानेजमेन्ट प्लान निर्माण गरी कार्यान्वयनमा ल्याएपछि बार्षिक ४० करोड भन्दा बढी अस्तब्यस्त खरिदमा नियन्त्रण आएको छ,’ जिएम पौडेलले भन्नुभयो ।

    यस्तै जथाभावी खरिदमा पनि रोक लगाइएको छ । कुनै पनि सामाग्री बिग्रिएमा खरिदपुर्व पुनः प्रयोगमा ल्याउन नसक्ने भए मात्र नयाँ खरिदको प्रणाली अबलम्बन गरिएकोले निगमको बार्षिक रुपमा ठूलै रकम जोगाउने काम गर्ने देखिन्छ । समग्रमा अहिलेसम्मका सुधारका कामबाटै निगमको बार्षिक करोडौं रुपैया बचत हुने देखिएको छ । यस्तै बिदेसबाट नेवानिले आफ्नै बिमानमा आफ्नो लागि समेत खतराजन्य सामाग्री (डेन्जरियस गुड्स) ल्याउन नपाउने ब्यवस्था रहेकोमा पौडेलले बिशेष पहल गरी सो ब्यवस्था हटाउन सफल भएको छ । जसबाट निगमले आफ्नै लागि चाहिने सामना पनि अन्य एअरलाइन्समार्फत सामाग्री भित्रेयाउनु पर्ने बाध्यता हटेको छ । आर्थिक भार पनि कम भएको छ ।

    ‘हामीले बिदेशबाट आफ्नै लागि इलेक्ट्रिकल सामाग्री ल्याउन पनि आफैले नपाउने अवस्था थियो, यसलाई अन्त्य गर्न डिजी क्यारियर सर्टिफिकेशन टाक्स फोर्स गठन गरी क्यानबाट डिजि क्यारियर लाइसेन्स प्राप्त गरेका छौं,’ पौडेलले भन्नुभयो । पौडेलले यति छोटो अवधीमा नेवानिको वाइड बडी, न्यारो बडी बिमान र ट्वीनअटर बिमानको चाटर्ड उडानको भाडासमेत रिभ्यू गरी सधैभरी उडान हुने ब्यवस्था मिलाउनु भएको छ । हवाइ इन्धन मुल्य प्रतिब्यारेल १ सय ४९ अमेरिकी डलर हुँदा तय गरिएको चाटर्ड उडानको भाडादरका कारण नेवानिको बिमान चाटर्ड नगर्ने तथ्य बुझेपछि पौडेलले आठ बर्ष पुरानो भाडादर समायोजन गरी नयाँ कायम गर्नुभएको छ । जस्का कारण चार्टड उडानमा पहिलो प्राथमिकता नेवानि पर्ने गरेको छ ।

    यस्तै निगमका कर्मचारी पहिलो पटक ब्यापार प्रबर्धनका लागि ट्राभल्स एजेन्सीसम्म पुग्ने काम सुरु भएको छ । यसअघि ट्रभल्स एजेन्सीले निगम धाउनु पर्ने र कर्मचारीलाई खुसी पार्नुपर्ने बाध्यता हटाएर ब्यापारिक काममा निगम आफै बिभिन्न ब्यापारिक संस्थामा पुग्ने अवस्था सिर्जना भएको छ । ‘बार्षिक कार्ययोजना बनाएर अघि बढिएको छ, ब्यावसायिक रुपमा निगमलाई अघि बढाउने र नाफा कमाउने गरी काम भइरहेको छ,’ जनताटाइम्सको जिज्ञासामा जिएम पौडेलले भन्नुभयो । निगमको सेवालाई आधुनिकीकरण गर्न अनलाइन टिकट, डिजिटल पेमेन्ट लगायत पौडेलले अन्य दर्जनौं सुधारका काम अघि बढाउनु भएको छ । जसलाई सुरुवात चरणमा केही केही कर्मचारीले असहयोग गरे पनि साँच्चीकै निगमकै हितमा रहेको बुझेर सघाउन थालेका छन ।

    ‘हामीलाई पेल्न थाले भन्ने अनुभुति भएको थियो, तर साँच्चीकै निगमको हितमा काम गर्ने योजना रहेछ भन्ने बुझेपछि साथ दिने निधो गर्यौं,’ निगमका कर्मचारी भन्छन । यो ६ महिनाको अवधीमा १० बर्षे एकीकरत (integrated business plan) ब्यावसायिक योजना निर्माण गरी कार्यान्वयनमा समत ल्याइएको छ । जस्को कारण कर्मचारीमा उत्साह छाएको पाइन्छ । समग्र निगमको हितमा काम अघि बढाएकै कारण कर्मचारीमाथि नै लगाम लगाउने नीति अघि बढाउँदा समेत कर्मचारीले महाप्रबन्धक पौडेलको योजनालाई साथ दिएका छन । अवकाश हुन लागेका कर्मचारीले जथाभावी खर्च गरी बजेट सकाएर जाने परम्परालाई नियममै बाँधेर पौडेलले रोक्नु भएको छ ।

    रिटायर्ड हुनेबेला जथाभावी खर्च गर्ने र बजेट सकाउने परिपार्टी अन्त्य गरी अवकाश पाउने बेला खर्च नै गर्न नपाउने ब्यवस्था (terminal tenure management) लागू भएको छ, यसबाट निगमलाई बार्षिक रुपमा ठुलै फाइदा पुग्छ

    ‘रिटायर्ड हुनेबेला जथाभावी खर्च गर्ने र बजेट सकाउने परिपार्टी अन्त्य गरी अवकाश पाउने बेला खर्च नै गर्न नपाउने ब्यवस्था (terminal tenure management) लागू भएको छ, यसबाट निगमलाई बार्षिक रुपमा ठुलै फाइदा पुग्छ,’ महाप्रबन्धक पौडेलको भनाई छ । निगममा प्रवेश गर्ने कर्मचारीको भविश्यको ग्यारेण्टी गरेपछि सवैको साथ पाएको पौडेलको अनुभव छ । बिगतमा कर्मचारीलाई आफु के हुने भन्ने चिन्ता रहेकोमा अव नातावाद, कृपावादको अन्त्य गरी सेवा सुरु गरेपछि कहिले र कुन समयमा बढुवा हुने भन्ने प्रष्ट ब्यवस्था (crew career progression plan) गरिदिएपछि सवै उत्साहित भएर काम गरेको उहाँ बताउनु हुन्छ । ‘निगममा अव बिगतमा जस्तो भनसुनको आधारमा बढुवा हुँदैन, नातावाद, कृपावाद अन्त्य गरी अव सेवा सुरु गरेपछि निश्चित अवधीमा बिना भनसुन बढुवा हुने ब्यवस्था भएको छ,’ महाप्रबन्धक पौडेलले भन्नुभयो ।

  • १९ बैशाख २०७८, आईतवार १२:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images