थप चार जना कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • बाँके । बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा थिए ।

    मृत्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुष छन् । वैशाख १७ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका उनलाई १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । उनको १८ गते अपराह्न साढे ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा नै बैजनाथ गाउँपालिका २ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो । वैशाख १७ गते पीसीआर परीक्षण गरिएकोमा उनलाई कोरोना पुष्टि भएको थियो । शनिबार साँझ ६ बजे उनको मृत्यु भएको हो । यसबाहेक मृत्यु हुनेमा खजुरा गाउँपालिका ३ बाँकेका ५५ वर्षीय पुरुष र कोहलपुर नगरपालिका ११ बाँकेका ४० वर्षीया एक महिला रहेकी छन् । जसमध्ये ५५ वर्षीय पुरुषको जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसनमा मृत्यु भएको हो भने महिलाको नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जनाएको हो ।

  • १९ बैशाख २०७८, आईतवार १२:४० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images