धनुषामा २१ गतेदेखि निषेधाज्ञा जारी हुने
  • CIA Khabar

  • जनकपुरधाम । कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि धनुषामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले वैशाख २१ गते देखि ३१ गते सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

    बैठकले जनकपुरसहित जिल्लाभर बिहान ६ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकी धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

    हाल धनुषामा सक्रिय संक्रमितको संख्या ४२० पुगेको छ । दैनिक १०० जनाको हराहारीमा धनुषामा संक्रमित थपिदै गएका छन् ।

    सरकारले पहाडका जिल्लामा २ सय र अन्य तराई मधेशका जिल्लामा ५ सय संक्रमितको संख्या पुगेको खण्डमा जिल्ला प्रशासन कार्यालयले आवश्यक्ता अनुसार निषेधाज्ञा जारी गर्न निर्देशन दिइसकेको छ ।

  • १९ बैशाख २०७८, आईतवार १२:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images