कोरोनाका कारण अभिनेत्री गीता बहलको निधन
  • CIA Khabar

  • मुम्बई । सन् ९० को दशकमा अभिनेता ऋषि कपूरदेखि लिएर शत्रुघ्न सिन्हाजस्ता ठूला स्टारका साथ अभिनय गरेकी अभिनेत्री गीता बहलको शनिबार राती कोरोना संक्रमणका कारण निधन भएको छ ।

    कोरोना पोजेटिभ देखिएपछि गीतालाई १९ अप्रिलमा मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा भर्ना गरिएको थियो । उनी ६४ वर्षकी थिइन् ।

    एबीपी लाइभमा प्रकाशित समाचारअनुसार गीता सन् ८० देखि ९० को दशकमा कैयौं फिल्ममा अभिनेताका रुपमा काम गरेका अभिनेता रवि बहलकी बहिनी हुन् ।

    गीतासँगै उनका दाजु रवि, उनकी ८५ वर्षकी आमा र घरमा काम गर्ने एक महिला कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । तर घरमा आइसोलेसनमा रहेका तीनजना अहिले स्वस्थ भइसकेका छन् ।

    तर गीताको स्वास्थ्य अवस्थामा खराब हुँदै गएपछि उनलाई अप्रिल २६ मा आइसीयूमा सारिएको थियो । उनलाई दुई दिन अघि भेण्टीलेटरमा राखिएको थियो ।

    गीताले सन् १९७८ मा निर्देशक राज खोसलाको हिट फिल्म ‘मे तुलसी तेरे आँगन की’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यो फिल्ममा विनोद खन्ना, नूतन र आशा पारेख जस्ता दिग्गज कलाकारको अभिनय थियो ।

    उनले ९० को दशकमा ऋषि कपूर र मौसमी चटर्जीका साथ फिल्म ‘दो प्रेमी’, ‘जमानेको दिखाना है’, ‘मैने जीना सिख लिया’, ‘मेरा दोस्त मेरा दुश्मन’, ‘नयाँ सफर’ जस्ता हिन्दी फिल्ममा अभिनय गरिन् ।

  • १९ बैशाख २०७८, आईतवार १३:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images