अक्सिजन र औषधि लिएर भारत उडे तीन अमेरिकी विमान
  • CIA Khabar

  • काठमाडौँ । कोरोना भाइरसले अतिप्रभावित भारतलाई अमेरिकाले थप दुई विमानमा अक्सिजन, औषधिसहितका अत्यावश्यक सामग्री पठाएको छ ।

    दैनिक चार लाखसम्म संक्रमित वृद्धि हुन थालेको भारतमा अक्सिजनसहितका अत्यावश्यक सामग्री अभाव भएपछि अमेरिकाले सहयोग गरेको हो ।

    अमेरिकाले अक्सिजन र अत्यावश्यक सामग्री राखेर तीनवटा विमान भारततर्फ पठाएको छ । यूएस एजेन्सी फर इन्टरनेशनल डेभेलपमेन्टले अमेरिकाका थप तीनवटा जहाज भारतको सहयोगका लागि पठाइएको जानकारी दिएको छ ।

    सो विमानमा अक्सिजन सिलिण्डर, अक्सिजन प्रवाह गर्न आवश्यक उपकरण, मास्क तथा अन्य औषधिहरू रहेको जनाइएको छ ।

  • १९ बैशाख २०७८, आईतवार १३:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images