सडकमा चाप : हेलचेक्रयाइँ कि बाध्यता ? (फोटो/ भिडियो)
  • CIA Khabar

  • काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले जारी गरेको दुई साता लामो लकडाउन (निषेधाज्ञा) जारी भएको चौथो दिन पनि सडकमा सवारी साधनको चाप बढेको छ ।

    सरकारले अत्यावश्यक सेवाहरु सञ्चालन गर्न अनुमति दिएपछि सडकमा सवारीको चाप बढेको हो । कार्यालय समयमा एकैपटक सडकमा निस्किदा ठाउँ ठाउँमा जाम भएको छ ।

    एस एन एन नेपाल टिम कोटेश्वर, जडीबुटी, कलंकी क्षेत्रको रिपोटिङमा पुग्दा सयौं गाडी र मोटरसाइकलहरुले सडक जाम भएको छ । कोटेश्वर जडीबुटी क्षेत्रमा झण्डै ४५ मिनेट जाम भएको थियो ।अधिकांशले विभिन्न कार्यालयका परिचयपत्र भिरेका छन् ।

    साथै विभिन्न नाका भएर उपत्यका प्रवेश गर्ने सवारीहरुको लामो लाइन छ । पास नभएको सवारीलाई प्रहरीले बाटोबाट फर्काएको छ ।
    एकाएक जाम भएपछि ट्राफिक व्यवस्थापनमै समस्या आएको छ ।

    वैंक तथा वित्तीय संस्था,सहकारी,सरकारी कार्यालय,सन्चारगृहका कार्ड तथा खाद्यान्न लगायत अत्यावश्यक सामाग्री ढुवानी गर्नेहरुलाई खुकुलो बनाइएका कारण एकाएक हजारौं मान्छे सडकमा निस्केका हुन् ।

    सडकमा जाम हुन थालेपछि प्रहरीले चेकिङमा कडाइ गरेको छ । पत्रकारहरुलाई पनि सूचना विभागको कार्ड अनिवार्य गरेको छ । यस्तै बैक तथा वित्तिय संस्थाशरु पनि सीमित मात्रमा खोल्न आग्रह गरेको हो ।

    निषेधाज्ञाको पहिलो दिन खुकुलो बनाइएको थियो । सरकारले लकडाउन खुकुलो भएको भन्दै लकडाउनमा कडाइ गर्ने भनिएता पनि सडकमा सवारी साधनको चाप बढ्दो छ ।

    चोकचोकमा ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरीले चेकजाँच गरिरहेको छ । भने अनावश्यक सडकमा निस्कने सवारीचालकलाई होल्डमा राखिएको छ ।

  • १९ बैशाख २०७८, आईतवार १३:३३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images