पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते
  • CIA Khabar

  • पाल्पा । पाल्पामा गएराति चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    पाल्पा तिनाउँ गापा १ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचईको घरमा चट्याङ पर्दा सोही स्थानका १६ बर्षका प्रेम बहादुर बगालेको मृत्यु भएको छ ।

    उनको उपचारको क्रममा लुम्बिनी मेडिकल केलेज प्रभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    यस्तै, सोही स्थानकी १५ बर्षकी ईन्दिरा उचई र पाल्पा रैनादेवी छहरा गाउँपालिका ४ घर भई हाल तिनाउँ गाउँपालिका १ बर्ष १९ को रामु गाहा पनि घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

  • १९ बैशाख २०७८, आईतवार १३:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images