लुम्बिनी प्रदेशका मन्त्री भन्छन् : ‘विमला वली अपरहणमा पर्नुभयो, प्रहरीलाई उद्धार गर्न भनेका छौं’
  • CIA Khabar

  • लुम्बिनी प्रदेशको कामचलाउ सरकारका मन्त्री वैजनाथ चौधरीले प्रदेश सभा सदस्य विमला वली (विमलाकुमारी खत्री) अपहरणमा परेको दाबी गरेका छन्।

    सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले वलीलाई दाङबाट बुटवल आउँदै गर्दा बाटोमा अपहरण गरिएको बताए।

    उहाँ संसदीय दलको बैठकमा सहभागी हुन आउँदै हुनुहुन्थ्यो। बाटो बाटै अपहरण गरे। बीच बाटोबाट अर्को गाडीमा चढाएर लगिएको छु, चौधरीले भने, हामीले सुरक्षा निकायलाई खोज तलास गरी उद्धार गर्न भनेका छौं।उनले आफूहरूले वलीलाई पर्खने बताए।

    उहाँ आएपछि यथार्थ कुरा थाहा हुन्छु, चौधरीले भने, उहाँलाई सकुशल उद्धार गरेर कुराकानी गर्छौं। अनि त्यसपछि बल्ल कसरी अगाडि बढ्ने टुङ्गो लाग्छ।उनले सांसद वलीको फोन अफ रहेको बताए।

    वली उपनिर्वाचन मार्फत सांसद चुनिइएकी हुन्। उनले विगतमा नेकपा नामबाट निर्वाचन जितेकी थिइन्। वलीले माओवादी केन्द्र रोजेको विज्ञप्ति सार्वजनिक भइसकेको छ।

  • १९ बैशाख २०७८, आईतवार १५:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images