शिशु जन्मेदेखि ३ वर्षसम्म के खुवाउने ?
  • CIA Khabar

  • प्रायः सबैलाई थाहा होला, शिशु गर्भमा रहुञ्जेल आमाले खाएको खानाबाट पाउने पोषण नै उसले पनि प्राप्त गर्दछ । तर शिशु जन्मिएपछि भने उसको खानपानमा अभिभावक सजग हुनु पर्दछ ।

    शिशुहरुमा खानपानको सामान्य चिज र परिकारले पनि ठुलो हानी पुर्‍याउन सक्छ । यस्तोमा ३ वर्षको उमेरसम्म बच्चालाई जे ख्वाइन्छ, त्यसले नै उसको पूरा जीवन र बानीमा असर पार्दछ ।

    त्यसो भए ३ वर्षसम्मका बच्चालाई के खुवाउने त ?

    १. शिशु जन्मिएको ६ महिनासम्म केवल आमाको दूध अर्थात स्तनपान मात्र गराउनुपर्छ ।
    २. ६ महिनापछि उमालेर सेलाएको पानी चम्चाले दिन थाल्नु पर्दछ ।
    ३. बच्चालाई कुनै पनि उमेरमा बोतलबाट दूध वा पानी ख्वाउनु हानिकारक हुन्छ ।
    ४. शिशु ६ महिनाको भएपछि दाल, जाउलो अलि–अलि आहारमा सामेल गर्दै लानुपर्छ ।
    ५. सातौं महिनामा राम्ररी पकाइएको तरकारी मसिनो बनाएर खुवाउन सकिन्छ ।
    ६. ८ महिना भएपछि अलि अलि गर्दै स्याउ, मेवा, केरा, आँपजस्ता फलफूल ख्वाउनु पर्छ ।
    ७. ९ महिनाका बच्चालाई गाई वा भैंसीको दूध गिलासमा दिन सकिन्छ ।
    ८. तर बच्चाले जहिलेसम्म आमाको दूध खान्छ, त्यति बेलासम्म निरन्तर खुवाई रहनुपर्छ ।
    ९. बच्चा एक वर्षको भएपछि सन्तुलित र पूर्ण आहार दिनुपर्छ ।
    १०. १ बर्ष पछि बच्चालाई मज्जाले पकाएको माछामासु निल्न मिल्ने बनाएर दिन सकिन्छ । ११. बच्चालाई ३ बर्षसम्म कुनै पनि प्याकेट बन्द जंकफुड खुवाउनु हुदैँन ।

  • १९ बैशाख २०७८, आईतवार १५:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images