नेपालमा थप ५५ जना कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ । नेपालमा थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ५५ कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १० हजार ९३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

  • २४ श्रावण २०७८, आईतवार १७:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images