गर्मीमा देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ?
  • CIA Khabar

  • गर्मीको मौसममा सडक पेटीमा राखेको खानेकुरा जस्तै पानीपुरी, चटपटे, निम्बुपानी र बरफ, आइसक्रिम लगायतका खानेकुरा खानेले स्वास्थ्यमा विभिन्न समस्या आउने गर्दछ । यस्ता खानेकुराले झाडापखाला तथा बान्ता हुने, रुघाखोकी लागेर लामो समय निको नहुने लगायतको समस्या आउन सक्छ ।

    झाडाबान्ताका कारण कतिपय अवस्थामा मानिसको ज्यान समेत जान सक्छ । त्यसैले खानेकुरा, पानी खाँदा सफा, सुरक्षित र स्वस्थकर मात्र खानु पर्दछ । यस्तै, गर्मीमा फोहर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने, सुक्खा रुघाखोकी लागेर परिवारका सदस्यमा एकअर्कालाई सरेर समस्या हुने गर्दछ । यसबाट समेत बच्नु पर्दछ ।

    गर्मी मौसममा फ्लुको सङ्क्रमण बढ्ने भएकाले धुलोधुवाँ, भीडभाडबाट बच्नु पर्दछ । विशेषगरी यो मौसममा खाना राख्ने तथा खाने भाँडा फोहर भएर पनि रोग लाग्न सक्छ । अझ बजारमा काटेर राखिएका फलफूल नधोइ खादाँ झाडाबान्ता र हैजाका सिकार हुने खतरा रहन्छ ।

    यो मौसममा झिङ्गा, लामखुट्टे, फट्याङ्ग्र्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवम् रहनसहनमा विशेष ध्यान पुर्याउनु आवश्यक छ । रासस

  • २४ श्रावण २०७८, आईतवार १७:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images