देउवातर्फ संकेत गर्दै रामचन्द्र पौडेलले भने – सर्वत्र असफल व्यक्ति सत्ता सम्हाल्न पुगे
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आक्रोश पोखेका छन् ।

    पार्टी विधानले तोकेको चार वर्ष र असाधारण परिस्थिति भनेर थपिने एक वर्षमा पनि महाधिवेशन नगरेका देउवाले संविधानलाई समातेर थपेको ६ महिनामा पनि महाधिवेशन गर्न नखोजिएको भन्दै देउवाको चर्को आलोचना गरेका हुन् ।

    सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहान स्टाटस लेख्दै पौडेलले संविधानको व्यवस्थालाई टेकेर भदौमा गर्ने भनिएकोमा फेरि पनि मिति सारेर कांग्रेसलाई देउवाले निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्‍याएको जनाएका छन् ।

    ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ,’ पौडेलले लेखेका छन्, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ? यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’

  • २५ श्रावण २०७८, सोमबार ०८:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images