एमाले केन्द्रीय कमिटी बैठक आज, महाधिवेशनको तयारीबारे छलफल हुने
  • CIA Khabar

  • काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

    पार्टी एकताको प्रयासमा नेपाल पक्षको आग्रहमा आइतबार स्थगित बैठक आज अपराह्न ३ बजे डाकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    केन्द्रीय कमिटी बैठकअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने उनले जानकारी दिए । स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने उनले जनाए ।

    तथापि बैठकमा पार्टीको १०औँ महाधिवेशन केन्द्रीत गतिविध तथा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमा छलफल हुनेछ ।

    विधान मस्यौदा प्रस्ताव पारित गर्दै साउन २७ भित्र सबै कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाउने एमालेको तयारी छ । एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ ।

  • २५ श्रावण २०७८, सोमबार ०८:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images